खबर

प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक

२ साउन २०७८

काँकरभिट्ट।  नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरले मानार्थ सदस्यता प्रदान गरेको छ । शनिबार क्लबको कार्यालयमा सम्पन्न प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक तथा अन्तरक्रियात्मक कार्यक्रममा क्लबकातर्फबाट अध्यक्ष लक्ष्मी उप्रेतीले विधानले व्यवस्था गरे बमोजिम पत्रकार भण्डारीलाई क्लबको मानार्थ सदस्यता प्रदान गरेका थिए ।

क्लबको विधानको अनुसूची ६ को दफा २ मा सञ्चार क्षेत्रमा लामो समय सेवा पुर्याएका समाजिक रुपमा स्थापित सञ्चारकर्मीलाई कार्य समितिको निर्णयबाट मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरेको छ । झापा मेचीनगरका स्थायी वासिन्दा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, अग्रज पत्रकार भण्डारी विर्तामोडबाट प्रशारण भइरहेको कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहका पत्रकारा भण्डारीले सोहि अवसरमा प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक गरेका थिए भने क्लबको मानार्थ सदस्यसहित प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट पत्रकार भण्डारीलाई प्रदान गरिएको थियो । सो अवसरमा बोल्दैं पत्रकार भण्डारीले रहेक पत्रकारहरुले पत्रकार आचारसंहिताको पालना गर्न सुझाव पनि दिए ।

अहिले समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दैं उनले हरेक पत्रकार आफ्नो जिम्मेवारप्रति इमान्दारितापुर्वक लाग्नुपर्नेमा जोड समेत दिए । भण्डारीले सिङ्गो समाज एउटा पत्रकारसँग किन डराउछ यस विषयमा हरेक पत्रकारले सोच्ने र गम्भीररुपमा ध्यान जानुपर्ने आवश्यकता समेत औाँल्याएका थिए । आफुलाई चौथो अंगका रुपमा हेर्ने पत्रकारहरुले के गर्नुहुन्छ के गर्नुहुदैंन आफैले ठम्याउने बेला आएको विचार उनको थियो ।

मेचीनगरक्षेत्रमा राष्ट्रिय, क्षेत्रीय, प्रदेशलगायत जिल्लाकै नेतृत्व गर्न सक्ने पत्रकारहरु रहेको नगरभएकाले कुनै पनि समाचारलाई साना ठुला नभनी उठान गर्नुपर्ने उनको भनाई थियो । पत्रकार भण्डारी राष्ट्रिय राजनीति र दलकामात्र समाचार लेखेर नहुने भन्दैं आफ्नै गाउँ ठाउँका हरेक गतिविधिलाई समाचार बनाउन सकिने र समाचार खोज्नैका लागि अन्यत्र धाउनुपर्ने धारणा समेत राखेका थिए।

कार्यक्रमको अध्यक्षता गदैं प्रेस क्लब मेचीनगरका अध्यक्ष उप्रेतीले २०७७ असोज १० गतेबाट जिम्मेवारी प्राप्त गरेको नयाँ नेतृत्वले अहिलेसम्म गरेका कार्यहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । उनले अहिले पनि क्लबले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार काम गर्न नसकेको प्रष्ट पारेका थिए । क्लबकी कोषाध्यक्ष रीता दाहालले क्लवको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दैं नेपाल पत्रकार महासघका पूर्व केन्द्रिय सदस्य मोहन काजीले क्लबले अहिलेसम्म गरेका गतिविधि प्रशंसा योग्य रहेको बताए । क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले वर्तमान समय सूचना प्रविधिको भएकाले अव हरेक पत्रकार प्रविधिमैत्री नबन्ने हो भने आफ्नो पेशाबाट पलायन हुने अवस्था सिर्जनाहुने बताउदैं हरेक सञ्चारकर्मी प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिए । निवर्तमान अध्यक्ष मुक्ति पौडेलले हरेक संञ्चारकर्मी एक आपसमा नफुटी हरेक साहेगाहे अवस्थामा एक भएर उभिनुपर्ने बताएका थिए। उनल े क्लवको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा लाग्न समेत सवैलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा लेखक उज्वल प्रसाईं, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी, शिक्षासेवी विश्व थापालगायतले आ—आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमा बोल्दै उनीहरुले क्लबले हरेक पत्रकारहरुको क्षमता अभिवृद्घिका लागि तालिम, पुस्तकालयलगायतका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा क्लबका ३० जना सदस्यहरुलाई टि–सर्ट वितरण गरिएको क्लबका सचिवालय सदस्य विकास देवकोटाले जानकारी दिएका थिए । क्लबले विधान अन्तर्गत रही सदस्यता लिनका लागि मेचीनगरका सबै सञ्चारकर्मीहरुमा आग्रहसमेत गरेको छ । क्लवका सदस्य हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button