मूल खबरस्वास्थ्य

कोरोना संक्रमणबाट झापामा थप ५ जनाको मृत्यु , २२३ संक्रमित

९साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । कोरोना संक्रमणका कारण झापामा आज थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा बिर्तामोडका दुईजना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । त्यस्तै दमककी ३० वर्षिया महिला , गौरीगञ्जका २४ वर्षिय पुरुष र इलामका ८७ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । योसंख्यासँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ४२५ पुगेको छ । यसैगरी आज झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो । योसँगै झापामा कूल संक्रमितको सँख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button