
१३ साउन २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर ।
पछिल्लो २४ घण्टामा देशभर थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २६३४ र ४९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।



