
साउन १४, २०७८
एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु मैदानमै बुन्डेसलिगा प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडवाकसँग हार बेहोरेको छ ।
एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा बायर्नले मोन्चेनग्लाडवाकसँग २–० को हार बेहोरेको हो । प्रि सिजनमा बायर्नको यो दोस्रो हार हो । यसअघि बायर्नले एफसी कोल्नसँग ३–२ को हार बेहोर्दा आयाक्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।
मोन्चेनग्लाडवाकको जितमा हान्नेस वल्फ र मिचेल वेन्टजेलले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा हान्नेस वल्फको गोलबाट बायर्न पछि परेको थियो । ७६औं मिनेटमा मिचेल वेन्टजेलले गोल गर्दै बायर्नलाई हार चखाए ।
अब बायर्नले ३१ जुलाईमा इटालियन क्लब नेपोलीसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि डिएफवी पोकलको पहिलो राउन्डमा ब्रेमेर एसभीसँग खेल्नेछ । मोन्चेनग्लाडवाकसँगै १४ अगस्टमा खेल्दै बायर्नले बुन्डेसलिगाको सुरुवात गर्नेछ ।
मोन्चेनग्लाडवाकले मैत्रीपुर्ण एफसी ग्रोनिनजेन र डिएफवी पोकलमा काइसरस्लाउटर्नसँगको खेलपछि बायर्नसँग खेल्दै बुन्डेसलिगाको सुरुवात गर्नेछ ।hamrokhelkud/from



