मूल खबरस्वास्थ्य

पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

१७ साउन २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर ।

पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारआज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button