२०७८, साउन २० गते
काठमाडौ ।अफगानिस्तानका रक्षामन्त्री बिसमिल्लाह खान मोहम्मदीको घरमा विद्रोही लडाकुहरूले अक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।
मंगलबार रक्षामन्त्रीको घर निकट एक कारबम विस्फोटन र फायरिङ गरिएको थियो ।
अफगानिस्तानको राजधानी काबुल निकट रहेको यो क्षेत्र उच्च सुरक्षित क्षेत्र ग्रिन जोनको रूपमा परिचित छ ।
रक्षामन्त्री घरमा नभएको बेला यो आक्रमण गरिएको छ । उनको परिवारलाई सुरक्षित निकालिएको छ र आक्रमणकारी मारिएका छन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्काल यो हिंसा अन्त्य गर्न आग्रह गरेपनि अफगानी प्रमुख शहरहरूमा तलिबान विद्रोहीले आक्रमण तीव्र बनाउँदै लगाएको छ ।
अफगानी सुरक्षा अधिकारीहरूले एफएफपीलाई दिएको जानकारी अनुसार यो आक्रमणमा चार जना मारिएका छन् । तर इटालियन चिकित्सा दान नियोग इमरजेन्सीले ११ जनाको मृत्यु भएको जनाएको छ ।
रक्षामन्त्री मोहम्मदीले घरमा आक्रमण भएपछि ट्वीटमा चिन्ता नगर्न आग्रह गरेका छन् । उनले भनेका छन् “चिन्ता नगरौं सब ठिकठाक छ ।(डन्ट वरी, एभरीथिङ इज फाइन)”झिल्को डटकम



