मूल खबर

‘एमसीसी’ संशोधनसहित पास हुनुपर्छ : अध्यक्ष ओली

२५ श्रावण २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनसहित पास हुनुपर्ने बताएका छन् । सोमबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संशोधन गरेर मात्र पास हुनुपर्ने बताएका हुन् ।

बैठकमा ओलीले भने, ‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

अध्यक्ष ओलीले सरकार सम्बद्ध गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे कुनै कुरा उल्लेख नगरेको भन्दै प्रश्न समेत गरे । हाल एमसीसी सम्झौता संसदमा विचाराधीन अवस्थामा छ । यसबारे आम जनमानसमा निकै चासो देखिएपनि राजनीतिक दलहरु भने यसको पक्ष र विपक्षमा रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button