मूल खबर

प्रभुराम शर्माले लिए प्रधानसेनापतिको नियुक्ति

१६ भाद्र २०७८
न्युज अफ नेपाल ,काठमाडौं ।

रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति दिएको छ। बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन्।

शर्मा अहिले कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत छन्। शर्मालाई शर्मा पौड्यालले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन्। प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button