मूल खबर

दार्चुला तुइन प्रकरणः प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

१६ भाद्र २०७८

दार्चुलामा भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा वेपत्ता भएका जयसिंह धामीको घटनाको छानबिन गर्न गठन भएको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

एक महिना लामो समय लगाएर तयार गरिएको प्रतिवेदन मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाइएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा के विषय समेटिएको छ भन्ने औपचारिक रुपमा खुल्न सकेको छैन् । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न कानूनी समस्य देखिएको उल्लेख गरिएको बताइएको छ ।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाँउपालिका–२ मालका ३३ बर्षिय जयसिंह धामी तुईनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ। Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button