मूल खबर

इलामाका आचार्य झापाको मेचीनगरमा झुण्डिएको अवस्थामा मृत फेला

१६ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा।
इलामको इलाम नगरपालिका वडा नम्बर १० मूर्तिडाडाका ४० बर्षीय प्रदिप आचार्य झापाको मेचीनगरमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बुधबार विहान मेचीनगर वडा नम्बर १० लालपानिस्थित ज्ञानु पौडेलको घरको कोठा भित्र झुण्डिएको अवस्थामा भेटेपछि पौडेलका छरछिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

साइनोमा मामा पर्ने पौडेलको घर जानु छ भनी आचार्य मंगलबार घरबाट झापातर्फ निस्किएका थिए

पारिवारिक स्रोतका अनुसार आचार्य राति करिब ८ बजे लालपानि स्थित पौडेलको घर आइपुगेको जानकारी गराएका थिए ।

पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले आमालाई ५,७ लाख रुपैयाँ हिसाब उठाउनु छ, म झापा गएर पैसा उठाएर विराटनगरमा छोराको भर्ना गराएर फर्कन्छु भनेका थिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापासहितको प्रहरी टोलीले घटनास्थलको विवरण लिइ मुचुल्का उठाउने काम गरि रहेको छ । सो पश्चात आजनै शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइने तयारी भइ रहेको प्रहरी स्रोतले बताएको छ ।

मृतकको परिवारका तर्फबाट किटानी जाहेरी दिने तयारी भइ रहेको बुझिएको छ । पीडित परिवारले आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएको छ । अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।

आफन्त तथा परिवारका सदस्यहरुले घटना सम्बन्धमा शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरिरहेका छन् ।

घटना सम्बन्धमा अनुसन्धान सुरु भइ सकेको झापाका प्रहरी प्रवक्ता थापाले बताएका छन्।पोष्टमार्टम्को रिपोर्ट आएपछि मात्र घटना सम्बन्धमा थप बताउन सकिने थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button