मूल खबर

सुदूरपश्चिममा नेकपा (एस) बन्यो ठूलो दल, १३ सासंदले छाडे एमाले

२० भाद्र २०७८
न्युज अफ नेपाल, धनगढी ।

सुदूरपश्चिम प्रदेशमा थप ३ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

आज उनीहरु प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित तीनै जनाले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button