मूल खबर

आजबाट संसद् अधिवेशन सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाकाको पहिलो बैठकमा बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि पेस गरिने छ ।

जसमा दल विभाजनसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश रहेका छन् ।

प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएमा सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याइनुपर्ने छ । यसअघिको अधिवेशन ३ साउनमा सुरु भएको थियो भने सोही ३२ गते अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button