खबर

पत्रकारमाथि तालिवनको निर्घात कुटपिट

२०७८, भदौ २५
काठमाडौं, २५ भदौ । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन्।

काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ।

महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले सीलाई बताएका छन्। कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ।

तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्बिरलाई क्यामराबाट हटाईदिएको बताए। आफुहरुलाई किन पिटेको भनेर सोध्दा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुडाइएको छैन भन्ने जवाफ दिएको पीडित पत्रकारले बताएका छन्।

पछिल्लो दुई दिनमा अफगानिस्तानमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको अन्तर्राष्ट्रिय गैर सरकार संस्था द कमिटी टू प्रोटेक्ट जर्नालिष्टले जनाएको छ।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button