मूल खबर

आधारभुत पत्रकारितासम्बन्धी एक हप्ते तालिम सम्पन्न

निरोज तोलाङे, काठमाडौं । काठमाण्डौँको नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा आयोजित एक हप्ते आधारभुत पत्रकारिता तालिम समापन भएको छ ।

नेपाल पत्रकार महासंघको आयोजना तथा युरोपियन युनियन र ईन्टरनेशनल अर्लटको आर्थिक सहयोगमा एक हप्ते आधारभुत पत्रकारिता तालिम शनिवार एक कार्यक्रमकाबीच समापन भएको हो ।

सो तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता समाजप्रतिको उत्तरदायी पेशा भएकोले समाजको बास्तविकतालाई उठान गरी सूसुचित वातावरण निमार्ण गर्न पत्रकार तथा सञ्चार जगतको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

अध्यक्ष पोखरेलले समाज परिवर्तनमा सञ्चार माध्यमले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । उनले समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमार्ण गर्न आम सञ्चार माध्यमले ठूलो योगदान गरेको पनि बताए ।

कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारको आचारसंहिता अनुसार चली समाजको यथार्थतालाई उजार गर्न पत्रकार सधैँ लाग्नुपर्नेमा जोड दिए ।

एक हप्तासम्म सञ्चालन भएको समाचारको खोजीमा केन्द्रित तालिममा पत्रकारको आधारभुत गुण, क्षमता विकास, पत्रकारिताको मापदण्ड, मिडियाको परिभाषा, भूमिका, खोजसमाचार, फिचर लेखन, हार्ड न्य्ज, पत्रकार आचारसंहिता जस्ता विषयमा नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य संगिता खड्काले प्रशिक्षण दिएका थिए ।

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले सुरक्षित मिडिया परियोजना अन्र्तगत भदौ २७ गतेबाट सुरु भएको तालिममा ४० जनाको प्रत्यक्ष सहभागीता रहेको कार्यक्रम प्रवन्धक संघर्ष पन्तले बताउनुभयो । अहिले तालिम लिएका प्रशिक्षार्थीलाई आगामी दिनमा खोज पत्रकारिता सम्बन्धि तालिममा सहभागी गराइने कार्यक्रम प्रवन्धक पन्तले जानकारी दिनुभयो । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button