
चितवन । चितवनको घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा गएराती पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।
आज बिहान ५ बजेबाट पहिरो पन्छाउन सुरु गरिएको चितवन ट्राफिकले जानकारी दिएको छ । आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि गएरातीदेखि नै जाममा परेका सवारी साधनको दुवैतर्फ लामो लाइन लागेको छ ।



