मूल खबर

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

६ आश्विन २०७८, सुर्खेत । एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगो लगाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान युुवकले आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । लामिछानेको खोजीकार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । घटननाबारे थप अनुसन्धान भइरहेको उनले बताए । न्यज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button