मूल खबर

मेचीनगर काँग्रेस सभापतिमा पनेरुको अग्रता कायमै

१० असोज २०७८
काँकरभिट्टा । नेपाली काँग्रेसको पालिका अधिवेशन अन्तर्गत मेचीनगर नगर समितिको मतगणना अनुसार यो समाचार तयार पार्दा सम्म सभापतिमा सुदय पनेरुले आफ्नो अग्रता कायमै राखेका छन् ।

निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार तीन सय मत गणना हुँदा सभापतिका उम्मेद्वार पनेरुले १६१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेद्वार नवीन बरालले १३५ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा योगेन थापामगरले अग्रता कायमै राखेका छन् । मगरले २२९ मत प्राप्त गरेका छन् त्यस्तै उपसभापतिमै धनकाजी खत्रीले २०५ मत, सन्दिप ओलीले ८२ मत तथा राजु अधिकारीले ४१ मत प्राप्त गरेका छन् ।

सचिवमा मनोज घिमिरेले अग्रता लिएका छन् । घिमिरे १९८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा मुकेश लिम्बूले १७७, अशोक राईले ९३ तथा लक्ष्मी काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।

सहसचिवतर्फ टिकाराम धमलाले १८१ मतका साथ अग्रता लिएका छन् । सहसचिवकै लोकेन्द्र थपलियाले ४५ मत, चन्दन गौतमले १०५ मत, विजय भट्टराईले १२८ मत तथा नवीन खतिवडाले ८० मत प्राप्त गरेका छन् । अब १९३ मत गणना हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button