खेलकुद

रोमामाथि लाजियोको जित

असोज ११, २०७८
एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमामाथि रोमाञ्चक जित निकालेको छ । लाजियोले घरेलु मैदानमा रोमालाई ३–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लाजियोको जितमा सेर्गेज मिलिन्किोभिक साभिक, पेड्रो रोड्रिग्वेज र फिलिपे एन्डरसनले गोल गरे । रोमाका रोजर इवानेज र जोर्डन भेरेटआउटले गोल फर्काए ।

रोमामा आइतबार राति भएको खेलको १०औं मिनेटमा सेर्गेज मिलिन्किोभिक साभिकको गोलबाट लाजियोले अग्रता लिएको थियो । उनले फिलिपे एन्डरसनको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा सिरो इमोविल्लेको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । पेड्रोले आफ्नै पुर्व क्लबविरुद्ध गोल गरेका हुन् । उनी यसै समरमा रोमाबाट लाजियो पुगेका थिए । ४१औं मिनेटमा रोजर इवानेजले जोर्डन भेरेटआउटको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

६३औं मिनेटमा फिलिपे एन्डरसनले सिरो इम्मोविल्लेकै पासमा गोल गरेपछि लाजियो जिततर्फ अघि बढ्दा रोमाको जितको सम्भावना टाढिएको थियो । ६९औं मिनेटमा रोमाका जोर्डन भेरेटआउट पेनाल्टीमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

जितपछि लाजियो ६ खेलबाट ११ अंक जोडेर छैटौ स्थानमा उक्लदा रोमा १२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button