खबर

गौतमको गुनासो , ‘अधिवेशनको पत्रले अपमानित भएँ’

५ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा (एमाले)का एक कार्यकर्ताले पार्टीको अधिवेशनको पत्रले आफुलाई अपमानित गरेको गुनासो गरेकाछन ।एमाले मेचीनगर ६को वडा अधिवेशनको पत्रले आफुलाई अपमानित गरेको एमालेका संगठित सदस्य जनार्दन गौतमले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

नेकपा(एमाले) मेचीनगर कमिटी अन्तर्गत ६ नं वडाको अधिवेशनमा उनलाई सहभागिताका लागि पार्टीले पत्र पठाएको थियो ।तर, सो पत्रको जवाफ भने गौतमले आफ्नो गुनासो सहित सामाजिक सञ्जाल (फेसबुक)मार्फत सार्वजनिक गरेका हुन् । एमाले मेचीनगर कमिटी अन्तर्रगत भोली (शनिबार) वडा नं ६ को अधिवेशन काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button