
५ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ÷ रातो पोष्ट अनलाइनका सम्पादक दिलीप थापाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस क्लब मेचीनगरलाई नगद १० हजार ५ पाँचसय एक रुपैयाँ प्रदान गरेकाछन् । हव डिजिटल मिडिया प्रालि मेचीनगरको कार्यालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा क्लबका कार्यसमिति तथा सचिवालय सदस्यसमेत रहेका थापाले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका थिए । उक्त रकम क्लबले सञ्चालन गर्ने ‘पत्रकार उपचार कोष’मा जम्मा गरिने अध्यक्ष उप्रेतीले बताए ।
प्रेस संगठन झापाका अध्यक्ष एवम् प्रेस क्लब मेचीनगरका सदस्य झूलन रेग्मीले सञ्चालन गर्नुभएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दैं पत्रकार थापाले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यक्रमा खर्च गर्न सवैमा आग्रह गदैं पत्रकारहरुलाई कुनै ठुल्ठुला रोग लाग्दा खर्च अभाव नहोस भनेर थोरै भए पनि रकम हस्तान्तरण गरी कामको थालनी गरेको प्रतिक्रिया दिए ।
‘मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् ’ थापाले भने —‘ म आफ्नो जन्मदिनको अवसरमा पत्रकारहरुको कोषमा आर्थिक सहयोग गरेर केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि कोषमा सहयोग गर्दछु ।’ पत्रकारका लागि स्थापना हुने कोषमा स्वय्म पत्रकारले समेत सहयोग गरेर कोषलाई वलियो बनाउन सके भोलीका दिनमा कामको शिलशिलामा पत्रकारलाई कुनै असहज परिस्थिती आए कोषबाट सहयोग प्रदान गर्न सकिने हुदाँ आफुले नगद सहयोग गरेको उनको भनाई छ । भैपरी आउने समस्यामा परेका पत्रकारका लागि मात्र खर्च गर्ने गरी रकम हस्तान्तरण गरेको पत्रकार थापाको भनाई छ ।

अध्यक्ष उप्रेतीले यस्तो पुनीतः कार्यको थालनी गरेर पत्रकार थापाले अन्य पत्रकार र सर्वसाधारणलाई समेत प्रेरणा प्रदान गरेको बताए । यस्तो महान कार्यको प्रशंसा गदैं क्लवका अध्यक्ष उप्रेतीले आगामी दिनमा प्रेस क्लबमा आवद्घ पत्रकार सहित मेचीनगरवासीले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर गर्ने फजुल खर्च कम गदैं प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयाग गर्न आग्रह समेत गरेका थिए ।
जन्मोत्सव मनाउने फजुल खर्च कटाएर सहयोग गरे त्यस रकमले पत्रकारको थप वृद्धि विकासमा समेत टेवा पुग्ने प्रचलनको सुरुवात हुने अध्यक्ष उप्रेतीको तर्क छ । पत्रकार सधै विभिन्न प्रकारका काममा जोखिम मोलेर खटिनु पर्ने हुदाँ भईपरि आउने विपद्मा थोरै भए पनि पत्रकारका लागि सहयोग गर्न सकियोस भनेर क्लबले कोष स्थापनाको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।
केहीदिनअघिमात्र लेखक एवम् भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले समेत आफ्नो जन्मदिनको अवसर पारेर क्लबलाई १० हजार रुपैयाँ प्रदान गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा क्लबका सचिवालय सदस्य विकास देवकोटा, किशोर उपरकोटी क्लबका साधारण सदस्य राजन पाठक, नेपाल पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य अञ्जन मिश्रलगायतको सहभागिता रहेको थियो ।



