
चौतारी पोष्ट अनलाइन
७ कार्तिक २०७८
काँकरभिट्टा । नेकपा(एकिकृत समाजवादी) मेचीनगर कमिटीले मेचीनगरपालिकालाई ध्यानाकषर्ण पत्र बुझाएको छ । आइतबार (आज) सो पार्टीका स्थानीय नेताहरुले नगरका मेयर बिमल आचार्यलाई सो पत्र बुझाएका हुन् । पत्रमा अविरलको वर्षाका कारण नगर क्षेत्रका किसानहरुको बालीमा पुग्न गएको क्षतिलाई औँल्याउँदै किसानका अन्य विषयहरुमा समेत ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ । सो ध्यानाकषर्ण पत्र बुझाउन उक्त पार्टीका नगर अध्यक्ष अर्जुन पौडेल, सचिव हरि तिमिल्सिना र स्थानीय नेता शंकर थापा मेचीनगरपालिकाको कार्यालय पुगेका थिए ।
यस्तो छ ध्यानाकषर्ण पत्रमा




