
१०कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । नेकपा एमालेको मेचीनगर अधिवेशनले मेचीनगरकी कार्यपालिका सदस्य लक्ष्मी तामाङलाई धोकेबाज भनि लगाएको आरोप प्रति नेकपा एकीकृत(समाजवादी)कि स्थानीय नेता सभद्रा भट्टराई(अर्याल)ले सामाजिक सञ्जालमार्फत प्रतिकृया जनाएकीछन ।मंगलबार नेकपा(एमाले)को मेचीनगर कमिटीको अधिवेशनको राजनीतिक प्रतिवेदनमा तामाङ्गलाई धोकेवाजको संज्ञाले चित्रित गरिएको प्रति भट्टराईले बुधवार सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिकृया दिएकीहुन

।उनल लेखेकीछन ‘प्रजातान्त्रिक पद्धतिमा राजनीतिक स्वतन्त्रता सबै जनसमुदायमा समान रहेको छ । त्यसमा पनि संवैधानिक न्यायपालिकाले दल रोज्ने प्रकृया स्वतन्त्र रहेको निर्णय गरिसकेको परिपेक्षमा जननिर्वाचित जन प्रतिनिधि लक्ष्मी तामाङ्गज्यूलाई आफू अनुकुल व्याख्या गरेर अपमान गर्नुभनेको स्वयम् आफ्नो स्तर ,हैसियत र क्षमताको प्रदर्शन गर्नु हो।समाजमा अवसरवादी चरित्रहरू देखिन्छन् जो हामी सबैले रमिते भएर हेरेर महसुस गरिरहेका पनि छौ त्यसकारण कसैले पनि मैमत्ता भएर कसैलाई अपशब्द प्रयोग गरि अपमानित गर्ने अधिकार छैन ।म नेकपा एमालेका नेता कार्यकर्ता लगायत अन्य सम्पूर्ण कमरेडहरूलाई पनि यस्ता मान मर्दन हुने खालका अभिव्यक्ति नदिन र आरोप प्रत्यारोप नगर्न हार्दिक अनुरोध गर्दछु।
समयले ल्याएको परिवर्तन अनुकुल व्याक्तिको स्वतन्त्रता माथि धावा बोल्ने अधिकार कसैलाई पनि छैन ।सबैले हेक्का राखौँ।’



