खेलकुद

अगुएरो तीन महिना मैदान बाहिर

कात्तिक १६, २०७८

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो तीन महिना मैदान बाहिर रहने भएका छन् । डिपोर्टिभो एलाभेससँग १–१ गोलको बराबरी खेलेको खेलमा छाती दुखेको महसुसस भएपछि उनलाई सब्सिच्युट गरिएको थियो ।

उक्त खेलपछि मेडिकल परिक्षणपछि गरिदा उनलाई काडिएयक एरिथमिया पत्ता लागेको थियो । उनलाई मुटु रोग अस्पतालमा लागिएको छ । उनको डा. जोसेप ब्रुगाडाको टोलीले परिक्षण गर्ने बुझिएको छ ।

‘अब उनी कम्तीमा पनि तीन महसना मैदान बाहिर रहने भएका छन् । उनको रिकभरी प्रक्रिया र उपचारको प्रभावकारिता हेरेर मुल्याङ्कन गरिनेछ ।’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घट्नापछि बार्सिलोनाका समर्थकहरुलाई सन्देश दिएकोमा अगुएरोले सामाजिक सन्जालमा धन्यवाद दिएका छन् । ‘म ठीक छु र रिकभरी प्रक्रियाको सामना गर्न राम्रो अवस्थामा छु ।’ अगुएरोले भने, ‘म माया र समर्थनका सन्देशहरुका लागि सबैलाई धन्यवाद दिन चहान्छु । जसले आज मेरो हृदयलाई बलियो बनाएको छ ।’

इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एमेरिक लापोर्टा, म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड हे गेया र बार्सिलोनाका पेड्री र जेरार्ड पिकेलगायतले उनको स्वास्थ्यको कामना गरेका छन् ।

अगुएरो यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका थिए । चोटका कारण उनले बार्सिलोनामा धेरै खेल खेलेका छैनन् ।अब अगुएरोले यो तीन महिनाको अवधिमा बार्सिलोनाका केही महत्वपुर्ण खेलसँगै अर्जेन्टिनाको विश्वकप छनोटका खेलहरु पनि गुमाउनेछन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button