खेलकुद

स्पेनको कठिन जित, पोर्चुगल रोकियो

कात्तिक २६, २०७८

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले कठिन जित निकाल्दा पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा स्पेनले ग्रीसमाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो ।

स्पेनको जितमा पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । एथेन्समा बिहीबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गोल गरेका थिए ।

इनिगो मार्टिनेजलाई पेनाल्टी बक्समा डिमिट्रिओस जियाननोउलिसले फउल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टी प्रदान गरेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेनले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितपछि स्पेन ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अर्काे खेलमा जर्जियासँग स्वीडेन २–० ले स्तब्ध बनेपछि स्पेनले आफ्नो खेलमा जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

जर्जियासँगको हारपछि स्वीडेन ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । जर्जिया ७ अंक जोडेर चौथो स्थानमा रहेको छ। कोसोभो ४ अंक जोडेर पुछारमा छ ।

यो जितपछि स्पेनले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । अब छनोटको अन्तिम खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपनि स्पेन सोझै विश्वकपमा छनोट हुनेछ । हारले भने प्ले अफ खेल्नुपर्ने सम्भावना हुन्छ । स्पेन र स्वीडेनबीचको खेल आइतबार राति हुनेछ ।

समूह ‘ए’ को खेलमा पोर्चुगल घरेलु टोली आयरल्यान्डसँड गोलरहित बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । यो बराबरीपछि पोर्चुगलले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।

छनोटको अन्तिम खेलमा सर्वियासँग बराबरीमा रोकिएपनि पोर्चुगल विश्वकपको लासग छनोट हुनेछ । हारले भने प्ले अफ खेल्नुपर्ने हुन्छ । यि दुई टोलीबीचको खेल आइतबार राति हुदैछ ।

यही समूहको अर्काे खेलमा लक्जेमवर्गले अजरवैजानलाई ३–१ ले पराजित गरेको छ । यो जितपछि लक्जेमवर्ग ९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित अजरवैजान १ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button