खेलकुद

अर्जेन्टिनाले उरुग्वेलाई हरायो

कात्तिक २७, २०७८
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु टोलीमाथि १–० को जित दर्ता गरेको हो ।

अर्जेन्टिनाको जितमा सातौ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

यो जितपछि दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक पुगेको छ । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको शीर्षस्थानको ब्राजिलभन्दा ६ अंकले पछि छ । पराजित उरुग्वे १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button