खेलकुद

उपहार गोलले क्रोएसिया विश्वकपमा छनोट

कात्तिक २९, २०७८
एजेन्सी – खेलको अन्त्यतिर पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसियाले रसियालाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो । फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

विश्वकपमा सोझै छनोट हुन क्रोएसियालाई जित आवश्यक रहँदा सोही नतिजा निकाल्न सफल भयो । रसियालाई बराबरी नै पर्याप्त रहेपनि त्यो नतिजा आत्मसात गर्न सकेन । छनोटमा क्रोएसियाले रसियालाई १ अंकले पछि पार्यो ।

यो नतिजापछि क्रोएसियाले १० खेलबाट २३ अंक जोड्यो । रसिया २२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । रसियाले अब विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने छ । प्ले अफका खेलहरु आगामी मार्चमा हुनेछ ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले माल्टालाई ६–० ले तथा स्लोभेनियाले साइप्रसलाई २–१ ले पराजित गरेको छ । यो नतिजापछि स्लोभाकिया र स्लोभेनियाले समान १० खेलबाट १४ अंक जोडेको छ । साइप्रस र माल्टाले समान ५ अंक जोड्दै विश्वकप छनोटको अन्त्य गरेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button