
मंसिर ३, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको ‘ए’ डिभिजन टोली रुस्लान थ्री स्टार क्लबले मुख्य प्रायोजक रुस्लान फुटबल र किट्स पार्टनर एडिडाससँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले बिहीबार क्लबको मुख्य प्रायोजकमा रुस्लान नै रहने जनाएको छ । सम्झौता नवीकरणसँगै थ्री स्टारले रुस्लान थ्री स्टार क्लबको नामबाट एडिडासको किट्स र खेल सामग्री प्रयोग गर्दै शीर्ष डिभिजन खेल्नेछ ।
यो सिजनको लिग शुक्रबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल ४ः४५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । थ्री स्टारले शनिबार पाटन डर्वीको च्यासल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।



