१२ मंसिर २०७८
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका छन् । यसै अवधिमा सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको त्यहााको केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
यससँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका एएनआईले जनाएको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको बताइएको छ ।



