स्वास्थ्य

अल्जाइमरको उपचारका लागि ‘भियाग्रा’ प्रयोग गर्न सिफारिस

न्युयोर्क, एजेन्सी ।

हालै जर्नल नेचर एजिंगमा प्रकाशित स्वास्थ्य सम्बन्धी गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनमा अमेरिकाको युनिभर्सिटी अफ क्लेभल्यान्डका अनुसन्धानकर्ताहरुले स्मरण शक्ति गुमाउने रोग अल्जाइमरबाट जोगिनका लागि भियाग्रा ब्रान्ड नेममा बेचिने औषधि स्लाइडेनाफिलको प्रयोग लाभदायी हुने भन्दै सिफारिस गरेका छन् ।

भियाग्रा वास्तवमा नपुंशकताका सिकार भएका पुरुषहरूलाई यौन दुर्बलता हटाउन सिफारिस हुने औषधि हो । ती अनुसन्धानकर्ताहरुले सत्तरी लाख भन्दा बढी बिरामी माथि गरिएको अनुसन्धानपछि प्राप्त चिकित्सा तथ्याङ्कका आधारमा यो निष्कर्ष निकालेका हुन् ।

नियमित रूपमा भियाग्रा सेवन गर्ने पुरुषहरूमा अल्जाइमरबाट पीडित हुने सम्भावना ६९ प्रतिशतले न्यून रहने गरेको पाइएको छ । भियाग्राले शरीरमा रक्त प्रवाहलाई सुचारु गरी पुरुषको जनेन्द्रीयलाई उत्तेजित पार्ने गर्दछ । यो औषधि पल्मुनरी हाइपरटेनसन तथा फोक्सो रक्त प्रवाहका लागि रक्त नलीमा दबाब दिनका लागि पनि प्रयोग गर्ने गरिन्छ ।

अनुसन्धानकर्ताहरुले रक्त प्रवाहको कमीका कारण मस्तिष्कमा क्षति पुग्दा सिर्जना हुने स्मरण शक्ति गुम्ने समस्या समाधानका लागि पनि प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन गरेका थिए ।

विशाल जिन – म्यापिंग नेटवर्क प्रयोग गरेर अनुसन्धानकर्ताहरुले जेनेटिक र अन्य तथ्याङ्क एकीकृत गरी अमेरिकामा अल्जाइमर रोगको उपचारका लागि खाद्यान्न तथा औषधि प्रशासन (एफडिए)ले अनुमोदन गरेका १ हजार ६ सय भन्दा बढी थरिका औषधि मध्ये कुन चाहिँ सबैभन्दा बढी प्रभावकारी होला भनेर अध्ययन गरेका थिए ।news of nepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button