पुस ५, २०७८
काठमाडौं । वामपन्थी उम्मेदवार गाब्रिएल बोरिकले चिलीको राष्ट्रपति पदको निर्वाचन जितेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी चरम दक्षिणपन्थी उम्मेदवार जोस एन्टोनियो कास्टले आधा जति मतपत्र गनिएकै बेला आफ्नो पराजय स्वीकार गरे ।
अधिकांश मतपत्र गनिएको अवस्थामा बोरिकले ५६ प्रतिशत मत पाएर जिते भने कास्टले४४ प्रतिशत मत पाए पछि परे ।
यो निर्वाचन सर्वाधिक ध्रुवीकृत निर्वाचन मध्ये एक निर्वाचन भएको छ ।
दुवै उम्मेदवारले फरक खालको दृष्टि प्रस्तुत गरेका थिए । दुवै उम्मेदवार सरकारका रहेको राजनीतिक दल भन्दा बाहिरबाट प्रतिनिधित्व गरेका थिए ।
विश्वकै कम उमेरका नेताहरू मध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबै भन्दा कम उमेरका राष्ट्रपति बनेका छन् ।
सन्२०१९ र २०२०मा चिलीमा असमानता र भ्रष्टाचारको विरोधमा प्रदर्शनहरू भएका थिए ।
ल्याटिन अमेरिकामा कुनै बेला आर्थिकरूपमा सर्वाधिक सन्तुलित अर्थतन्त्र भएको चिली विश्वकै सर्वाधिक आम्दानी असमानता भएको देश बनेको छ ।
एक प्रतिशतसँग देशको कुल सम्पत्तिको २५ प्रतिशत सम्पत्ति रहेको राष्ट्रसंघले जनाएको छ ।
बोरिकले चिलीको निवृति भरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर , सातामा ४५ देखि ४० घन्टाको काम घन्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने वाचा गरेका छन् ।
उनका प्रतिस्पर्धीले कानुन व्यवस्था बनाइ , कर र सामाजिक खर्च घटाउने वाचा गरेका थिए ।
साथै कास्टले पूवै सैनिक जनरल अगस्टो पिनोसेको विरासतलाई सही ठहर गरेका थिए ।
पिनासेले १९७३मा सत्ता कब्जा गरी १९९०सम्म शासन गरेका थिए । उनको कार्यकालमा ३ हजार भरि मानिसको हत्या गरिएको थियो । हजारौं राजनीतिक कार्यकताहरूलाई बेपत्ता पारेर नजरबन्द गरेका थिए ।
कास्टले बोरिकलाई विशाल जितका लागि बधाइ दिएका छन् ।झिल्को डटकम



