खबर

लिपुलेकका मतदाताको नामावली सङ्कलन गर्ने तयारी

काठमाडौं,पुस १४, २०७८
नेपालको भौगोलिक चुच्चे नक्सामा समेटिएका महाकाली पारिका भूभागमा पनि मतदाता नामावली सङ्कलन हुने भएको छ। अहिले निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली सङ्कलन अभियानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा मतदाता परिचयपत्र सङ्कलन हुनेछ । सरकारले त्यस क्षेत्रका बासिन्दाको जनसङ्ख्या जनगणनामार्फत समेटेलगत्तै त्यस क्षेत्रका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्ने तयारी थालेको हो ।

२०७७ साल जेठ ७ गते नेपालको अद्यावधिक चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । सोहीअनुसार चुच्चे नक्सामा नेपालको भूभागका रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र प्रस्ट रूपमा समेटिएको छ । पहिलेदेखि नै नेपालको भूभाग रहिआए पनि छिमेकी मुलुक भारतसँगको विवादका कारण ती भूभागमा औपचारिक गतिविधि कम रहेको थियो तर यो वर्ष भएको जनगणनाले नेपाल सरकारको औपचारिक उपस्थितिलाई बलियो बनाएको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, “त्यहाँका बासिन्दाको नाम मतदाता नामावलीमा समेटिन्छ अनि आगामी निर्वाचनमा उहाँहरूले सहभागिता जनाउन पाउनुहुन्छ ।” उनका अनुसार केन्द्रीय तथ्याङ्क विभागले विभिन्न माध्यमबाट त्यहाँका नेपालीको लगत जनगणनामार्फत लिएर आइसकेको छ ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button