खबर

पुरानै नेतृत्व, पुरानै नीति

काठमाडौं पुस २०, २०७८
पछिल्लो डेढ महिनामा प्रमुख राजनीतिक दलहरूले महाधिवेशन सम्पन्न गरेका छन् । संविधानका छिद्र समाई दलहरूले महाधिवेशन टार्दै आएका थिए ।

राष्ट्रियसभा निर्वाचनसहित कानुनी जटिलताले थप अवधिका लागि टार्न नसक्ने भएपछि उनीहरूले महाधिवेशन सम्पन्न गरेका छन् । डेढ महिनाको अवधिमा नेपाली काँग्रेसदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मका पाँच दलले महाधिवेशन सम्पन्न गर। कात्तिक अन्तिम साता नेकपा मालेबाट सुरु भएका महाधिवेशनको क्रम एमाले, काँग्रेस, राप्रपा हुँदै माओवादी केन्द्रमा आएर सकिएको हो ।

राजनीतिक दलको महाधिवेशनले लिने नीति र छान्ने नेतृत्वले उनीहरूको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने धेरैको अनुमान थियो । तर दलका महाधिवेशनले नीति मात्र होइन नेतृत्व पनि परिवर्तन ल्याउन सकेन । नीतिभन्दा नेतृत्व छनोटमा केन्द्रित पाँचमध्ये एउटा एउटा दल राप्रपाले मात्र पुरानो नेतृत्वलाई विस्थापित गरेको छ । अन्य चार दलले पुरानै नेतृत्वलाई पुनः अनुमोदन गरेका छन् ।  नागरिक दैनिकमाछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button