
काठमाडौं । सरकारले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरेको छ ।
बुधबार बसेको बैठकले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । साथै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ ।
बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री देउवा नेतृत्वको टोली भारतको गुजरातमा सुरु हुने १०औँ भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुन जान लागेको हो । यस्तै सरकारले गुप्तचर विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ ।
अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई विभागको प्रमुखमा नियुक्त गरिएको गृह स्रोतले जानकारी दियो । अहिलेका प्रमुख गणेश अधिकारी अनिवार्य अवकाशमा जाँदैछन् ।



