मूल खबर

हात्तीको आक्रमणबाट कार्कीको मृत्यु

संकेत तस्विर

काँकरभिट्टा । जंगली हात्तीको आक्रमणबाट झापा मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको छ ।

आज विहान (ुसोमवार)घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा कार्की गम्भीर घाइते भएका थिए । कार्कीलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । कार्कीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button