मूल खबर

लता मंगेशकरको निधनमा राज्यभरिमै आज आधा दिनको शोक पालन

लता मंगेशकरको निधनमा राज्यभरिमै आज आधा दिनको शोक पालन
फ्रेवुअरी 7, 2022

सिलगढी : स्वर साम्राज्ञी लता मंगेशकरको 92 वर्षको उमेरमा हिजो निधन भएपछि हाल देश नै स्तब्ध बनेको छ। केन्द्र सरकारले तिनको निधनमा दुई दिनको राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रिय ध्वज झुकाइएको छ भने यता पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि लता मंगेशकरको निधनमा गहिरो शोक प्रकट गर्दै राज्यभरिमै आज सोमबार आधा दिनको शोक मनाउने घोषणा गरेपछि यहाँका सबै सरकारी कार्यालयहरूमा आज आधा बेलापछि विदा गरिनुको साथै शोक प्रकट गरेको देखियो। यसको साथै राज्य सरकारको निर्देश अनुसार प्रत्येक सार्वजनिक स्थान, सरकारी कार्यालय तथा ट्राफिक सिग्नलहरूमा आजदेखि भारत रत्न लता मंगेशकरको गीतहरू बज्न थालेको छ।
कालेबुङको सालिमबोङबाट 40 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर हिल टीएमसी-मा सामेल


फ्रेवुअरी 7, 2022

कालेबुङ: नगरपालिका चुनाउको मुखैमा कालेबुङ नगरपालिकाको 16 नम्बर वार्डस्थित सालिमबोङ गाउँबाट 40 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। हिल तृणमूल कङ्ग्रेस ब्लक (एक) सचिव सुरज छेत्रीले सञ्चालन गरेको एउटा सभामा तिनीहरूलाई दलीय झन्डा प्रदान गरेर पार्टीका उपस्थित नेताहरूले स्वागत जनाए। यस अवसरमा हिल तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला समिति संयोजक सुमन गुरुङ, कालेबुङ नारी एकाई अध्यक्ष ज्योती राई, ब्लक एक-का अध्यक्ष दिनेश राई, युवा ब्लक एक-का अध्यक्ष आशिष थापा, कालेबुङ टाउन कार्यकारिणी अध्यक्ष रवि छेत्री, टाउन प्रवक्ता प्रविन्द्र छेत्री, 35 नम्बर समष्टि को-अर्डिनेटर रोहित खाती, जोइन्ट को-अर्डिनेटर प्रकाश राई, 16 नम्बर वार्ड अध्यक्ष रमेश छेत्री, वार्ड 15 का वार्ड अध्यक्ष रमेश छेत्री लगायत पार्टी कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।
नक्सलबारीमा आजदेखि पाडाय शिक्षालय शुरू


फ्रेवुअरी 7, 2022
नक्सलबारी : राज्यको विभिन्न ठाउँहरूमा झैँ यता नक्सलबारीमा पनि पाडाय शिक्षालय आजदेखि शुरू गरियो। मुख्यमन्त्रीको निर्देश अनुसार आजदेखि पाँचौँ, छैटौँ र सातौँ श्रेणीका विद्यार्थीहरूको लागि नक्सलबारीको नन्द प्रसाद उच्च माध्यमिक विद्यालयमा पाडाय शिक्षालय शुरू गरियो। वर्षाले गर्दा खालपाडा मैदानको बद्ली स्कुलको मिड डे मिल-को शेडमुनि सबै विद्यार्थीहरूले मास्क लगाएर सामाजिक दूरी पालन गर्दै पाडाय शिक्षालय शुरू गरिएको बताइएको छ। धेरै दिनपछि आजदेखि क्लास शुरू भएकोमा विद्यार्थी लगायत शिक्षक-शिक्षिकाहरू निक्कै खुसी छन्।
नेताजी युथ क्लब सेभोकलाई पराजित गरेर मधुर मिलन सङ्घ मिलनमोड च्याम्पियन


फ्रेवुअरी 7, 2022

कालीझोडा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालीझोड़ा शाखाद्वारा कालीझोड़ा मैदानमा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेल नेताजी युथ क्लब, सेभोक बनाम मधुर मिलन सङ्घ, मिलनमोड़माझ सम्पन्न भयो। निर्धारित समयसम्म दुवै टोलीले बराबरी गोल गर्न सक्षम भएपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा मधुर मिलन सङ्घ विजयी बन्यो। खेलमा विजयी दललाई नगद 50 हजारसहित ट्रफी अनि उपविजेता दललाई 30 हजारसहित ट्रफी उपस्थित अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालीझोड़ा शाखाको आयोजनामा सम्पन्न सेभेन साइड फुटबल टुर्नामेन्टको फाइनलमा कालेबुङका विधायक रूदेन सादा लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए।

यसैगरी, अन्य अतिथिहरूमा भागोप्रमो युवा शक्ति खरसाङ महकुमा समिति महासचिव विज्ञान मिश्र, युवा शक्ति केन्द्रीय समिति प्रवक्ता अनित खाती, भागोप्रमो 35 नम्बर समष्टि महासचिव पङ्कज छेत्री, मङ्पु लाब्दा समष्टि युवा शक्ति अध्यक्ष दिब्य प्रकाश बम्जन, मङ्पु लाब्दा समष्टि सहसचिव राजेन मुखिया आदि उपस्थिति रहेको थियो। फाइनल खेल अवधि कार्यक्रममा विधायक रूदेन सादा लेप्चालाई आयोजक समितिको पक्षबाट संवर्द्धना पनि जनाइयो। siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button