खेलकुद

सेभियाको जितले रियल म्याड्रिडलाई दवाव

एजेन्सी – घरेलु मैदानमा सहज जित निकाल्दै सेभियाले स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । सेभियाले घरेलु मैदानमा इल्चेलाई २–० ले पराजित गरेको हो ।

रोमन सान्चेज पिजुवानमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोलीलाई दवावमा राखेपनि सेभियाले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

७०औं मिनेटमा एलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै सेभियाले शीर्षस्थानको रियलसँगको अंक दुरी ३ मा छोट्याएको छ । सेभियाको २४ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५३ अंक छ । पराजित इल्चे २६ अंक जोडेर १४औं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button