खबर

क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले

काठमाडौं

धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धमाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेर गरी बसेका १७ वटा क्यासिनो कम्पनीले आफूले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् । अझै १ अर्ब ११ करोड उड्न बाँकी रहेको राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button