
मेचीनगर ।
उच्च अदालत इलामले झापाको मेचीनगर ७ को सार्वजनिक बाटो मासेको सम्बन्धी परेको रीटमा पहिलो सुनुवाई गर्दै मेचीनगर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश दिनेशप्रसाद यादवले मंगलबार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाईले चौतारी पोष्ट अनलाइनलाई जानकारी दिएका छन् ।
मेचीनगर नगरपालिका वडा नं ७ का प्रसाईले मेचीनगर नगरपालिकालाई विपक्षी बनाई इलाममा रीट निवेदन दिएका थिए । अदालतले रीट निवेदकको माग बमोजिम परमादेश आदेश किन जारी नगर्ने भन्दै विपक्षीलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको छ ।साथैअदालतले १६ गते पेसी तारेख समेत तोकेको छ । मुद्धामा निवेदकका तर्फबाट अधिवक्ता प्रेमप्रसाद बिमली र अधिवक्ता मनिराम निरौलाले बहस गरेका थिए ।
चौतारी पोष्ट अनलाइनलाई निवेदक प्रसाईले बताए अनुसार बिगत लामो समय मेचीनगर वडा नं ७ बाट सदरमुकाम भद्रपुर जोड्ने पुरानो बाटो का विषयमा आखित्यार कार्यलाय इटहरिमा समेत २ पटक मुद्दा दर्ता भएको थियो , पहिलो पटकको मुद्दामा आखित्यारले मालपोत कार्यलाय भद्रपुरलाई बाटो खुलाउन आदेश दिइ नगरपालिकालाई समेत बाटो खुलाउन पत्रचार गरे पनि मेचीनगर नगरपालिकाले चासो दिएको थिएन। बिभिन्न समयमा नगरपालिका बिरुद्द होमनाथ प्रसाईको अगुवाइमा प्रतापसिंह तामाङ , पुष्प अर्याल , दिपक तिम्सिना , रतिलाल मुन्डाले ५ पटक निबेदन समेत दिएको प्रसाईले बताए । मेचीनगर नगरपालिकाले सधै आलटाल गर्दै आएकोले आफुले बाध्य भएर नगरपालिका बिरुद उच्च अदालतमा जानु परेको प्रसाईले बताए ।




