खबर

ट्रेडमार्क दर्ताको क्रम बढ्दै

काठमाडौं
कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।

विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता गर्ने क्रम यसअघि नै रहे पनि पछिल्लो समय स्वदेशी उत्पादकले समेत यसमा चासो देखाउन थालेको विभागले जनाएको छ ।  कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button