मूल खबर

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

काठमाडौं
गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो’वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।

विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ।’ राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ। तर, सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन । ‘म राति ३ बजे नै आएर लाइनमा बसेँ, बिहीबार बिहान १०:५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ‘डेढ महिना पहिले नै बुक गरेर आएँ। अहिले त सर्भर चलेको छैन भन्छन् । के गर्ने?’  अन्नपूर्ण पोष्ट दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button