मूल खबर

जनक शिक्षामा सेना पस्यो

काठमाडौं

स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा भित्री सुरक्षाको जिम्मा पाएको नेपाली सेना केन्द्रको प्रेसको सुरक्षार्थ तैनाथ भएका हुन्।

केन्द्रका एक कर्मचारीले दिएको जानकारीअनुसार हिजो दिउँसोबाट नेपाली सेनाको टोली जनक शिक्षा प्रवेश गरेको हो। उनका अनुसार सो टोली मतपत्र छाप्ने काम नसकेसम्म प्रेसमै बस्नेछन्।

नेपाली सेनासँगै दोस्रो घेराको जिम्मा पाएका सशस्त्र प्रहरी र तेस्रो घेराको जिम्मा पाएको नेपाल प्रहरीको टोलीसमेत प्रेसमा जाने भएका छन्। एसईईको प्रश्नपत्र छपाइ सकेलगत्तै चिकित्सा शिक्षा आयोगको प्रश्नपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा अब मतपत्र र नियमित रूपमा पाठ्यपुस्तकको छपाइ हुनेछ। नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button