
एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ ।
यसपटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो । बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ति डुंगा र झन्डाबाट प्रेरित रहेको छ ।
फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरिय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।
फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ । यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो ।
यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन् । अब पाँच टोलीको छिनोफानो हुन बाँकी छ । विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान रहेको छ ।हाम्रो खेलकुदबाट ।



