
धनगढी ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रमको आयोजना गरेको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित उक्त गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयंसेवक संघ का जिल्ला संघचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमाल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढा द्वारा राखिएको थियो भने कार्यक्रमको संयोजकत्व कैलाश दाहाल लेगरेका थिए ।
स्वागत मन्तव्य दिदै प्रताप बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्य धारण गर्न सके मात्र परिवर्तन सम्भव हुने बताएका थिए ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना ले देउडा, गौरा जस्ता सास्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागिपरेको जस्तै अहिले हिन्दुत्व कालागि लाग्नुपर्ने बेला आएको बताएका थिए । शासन व्यवस्था जुन सुकै भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधानमा नलेखे पनि
पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र रहेको दाबीसमेत गरे।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले बाह्य प्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकों गल्ती भइरहेको बताएका थिए ।अतिथि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन संयोजक कैलाश दाहाल द्वारा गरिएको थियो ।



