
मेचीनगर । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं झापा अध्यक्ष मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रेस चौतरीका पौडेलले केन्द्रीय सदस्यबाट उनले केही समय अघि राजीनामा दिएका थिए ।
नेपाली कांग्रेस झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमका बीच पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सदस्यता रसिद हस्तान्तरण र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अबिर लगाएरउनलाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, पार्टीका केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, १ नं प्रदेश सभापति उद्वव थापा, जिल्ला सभापति देउकुमार थेवे, जिल्ला उपासभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिवद्वय कालेन्द्रप्रसादसिंह राजवंशी र कमल भण्डारी, जिल्ला सदस्य राम कट्टेललगायतले अविर र खादा लगाएर स्वागत गरेका थिए ।
बिगत दुई दशक अघिदेखि विद्यार्थी जीवनबाट नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठनमा आबद्ध भएका झापामेचीनगर निवासी पौडेल २०६४ सालदेखि एमालेको संगठित सदस्य भई क्रियाशील थिए ।
सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संस्था प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष, अध्यक्ष, र केन्द्रीय सदस्यको जिम्मेवारी संम्हालि सकेका छन् ।
आफूले यसअघि अंगालेको पार्टीमा विधि, पद्धति, प्रक्रिया, नीति र कानूनको पालना नभएको तथा एमाले पार्टीभित्र व्यक्तिवाद हावी हुन थालेपछि आफू विधि र पद्धतिको पक्षमा उभिदै एमाले पार्टी परित्याग गरेको चौतारी पोष्ट अनलाइनलाई पौडेलले बताए ।



