स्वास्थ्य

नोवेलका चिकित्सक यादव मृत भेटिए

मेचीनगर । विराटनगर स्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी घर भएका उनी तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्। उनी विगत ४ वर्षदेखि विराटनगर महानगरपालिका ४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए । नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । २८ वर्षका डा यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button