मूल खबर

मेचीनगर नगरपालिकाको प्रमुखमा प्रदेशसभा सदस्यदेखि केन्द्रीय सदस्यसम्मको प्रमुख बन्ने आकाँक्षा

काँकरभिट्टा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको प्रमुखका लागि विभिन्न दलका केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सभा सदस्यमा पराजित उम्मेद्वारहरु तथा पार्टीका वर्तमान र पूर्व क्षेत्रीय सभापतिहरुले समेत नगर प्रमुख बन्ने आकांक्षा देखाएका छन् ।

गत २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’ बाट तात्कालिन बामगठबन्धनबाट विजयी गोपालचन्द्र बुढाथोकी, प्रदेश सभा सदस्यमा ‘क’ बाट पराजित बनेका नेपाली काँग्रेसका वर्तमान झापा जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपा एमालेका केन्द्रीय सदस्य तथा वर्तमान नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले इच्छा देखाएका छन् ।

प्रमुखमा आकांक्षी मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती
झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘क’ बाट तात्कालिन बामगठबन्धनबाट विजयी श्रीप्रसाद मैनाली, तात्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष एवम् नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष एवम् नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, पूर्व क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती टिकटको दौडमा छन्  । नेकपा एमालेका महिला नेतृहरु लता प्रसाई, रेणुका डाँगी, नेपाली काँग्रेसका महिला नेतृहरु राधा कार्की, विना तामाङको नाम पनि उपप्रमुखको टिकटको दौडमा छ । स्थानीयको मागअनुसार आफूहरुले पालिका उप प्रमुखमा उम्मेदवारी दिन लागेको उनीहरुको भनाई छ ।

नगर प्रमुखका आकांक्षी प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी
झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’ बाट गोपालचन्द्र बुढाथोकीले नेपाली काँग्रेसका अशोक पोखरेललाई ७ हजार ८ सय ६१ मतान्तरले पराजित गरेका थिए । बुढाथोकीले १७ हजार ८ सय ३९ मत प्राप्त गर्दा पराजित उम्मेदवार पोखरेलले ९ हजार ९ सय ७८ हात पारेका थिए । प्रदेशसभा सदस्य बुढाथोकीले अहिले भने मेचीनगर नगरपालिकाको प्रमुखमा इच्छा देखाएको एमाले पार्टी स्रोतको भनाई छ । उम्मेदवारी दिनुअघि प्रदेश सांसदबाट राजीनामा दिने उनको तयारी रहेको स्रोतको भनाई छ ।

प्रमुखमा आकांक्षी प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली
नेपाली काँग्रसकातर्फबाट केशवराज पाण्डे प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनालीसँग पराजित भएका थिए । मैनालीले पाण्डेलाई ५ हजार ७ सय ३२ मतान्तरले पराजित गरेका थिए । पाण्डे अहिले मेचीनगर नगरपालिकाको नगर प्रमुखको टिकटको दौडमा रहेको काँग्रेस निकट स्रोतले जनाएको छ ।

प्रमुखमा आकांक्षी नेकपा एमाले जिल्ला सदस्य डिल्लीराम घिमिरे समेत रहेकाछन् ।
उता प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ बाट विजयी बामगठबन्धनका प्रदेशसभा ससदस्य श्रीप्रसाद मैनालीले पनि घुमाउँरो पाराले पार्टीले योग्य ठानेमा नगर प्रमुखमा उठ्न तयार रहेको र पार्टीले निर्णय गरेमा उठ्न तयार रहेको स्पष्ट पारेकाछन् । । मैनालीले मौखिक रूपमा नगरप्रमुखको दाबी नगरे पनि निकटबाट आफ्नो नाम चर्चा गर्न लगाएर परिस्थिति बुझिरहेको एमाले स्रोतले बतायो ।

प्रमुखमा आकांक्षी नेपाली काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डे
उपप्रमुख भईसकेपछि एकपटक नगर प्रमुख हुने इच्छा भएकै कारण टिकटका लागि निक्कै दौडधुप छ मीना पोखरेल उप्रेतीको । स्रोतका अनुसार नगरप्रमुखका लागि उनकै टिकट पक्का जस्तै हो एक थरि एमाले कार्यकर्ताको दाबी रहेको छ। उनी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्रका रुपमा पनिपरिचितछन् , एमालेबाट आधादर्जनबढीले नगरप्रमुखमा आकाँक्ष देखाए पनि गोपालचन्द्र बुढाथोकी र मीना पोखरेल उप्रेतीमध्ये एकको टिकट हात पर्ने एमाले स्रोतको भनाई छ ।

प्रमुखमा आकांक्षी नेपाली काँग्रेस क्षेत्र नम्बर १ सभापति इन्द्रबहादुर बुडाथोकी
अघिल्लो स्थानीय तहको निर्वाचनमा नगरको उपप्रमुखमा एमाले उम्मेदवार मिना पोखरेल उप्रेती १९ हजार ९ सय ९४ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ र माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार बन्नु भएकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत प्राप्त गरेका थिए।

प्रमुखमा आकांक्षी नेपाली काँग्रेस पूर्व क्षेत्रिय सभापति मणिकुमार उप्रेती पनि रहेकाछन् । उता तत्कालिन बाहुण्डाँगी गाविसका अध्यक्ष निलकण्ठ तिवारीले पनि प्रमुखको उम्मेद्वारीका लागि चासो देखाएकाछन् । पटकपटक बाहुण्डाँगी गाविसमा निर्वाचित जनप्रतिनिधि भएका कारण यसपटक पार्टीले सो क्षेत्रका तिवारीलाई प्रमुखको उम्मेद्वार बनाउनु पर्ने जोड उनी निकट कार्यकर्ताहरुको रहेको छ ।
मेचीनगर नगरपालिकाको प्रमुखमा केन्द्रीय नेता र प्रदेश सभा सदस्य भइसकेकाहरुकै आकांक्षा देखिएका कारण यसलाई पुष्टि गर्ने नेपाली काँग्रेसका एक नगर समिति सदस्यको भनाई छ । माओवादी केन्द्र, जसपा लगायतका दलहरुका आकाँक्षहरु भने अहिले सम्म खुलेर नआएका भएपनि माओवादी स्रोतका अनुसार प्रमुखका लागि राजन चिमरिया प्रबल दावेदार बन्न सक्ने माओवादी स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button