कला

‘एनिमल’मा रणबीर र रश्मिकाको जोडी

एजेन्सी, मुम्बई,
‘पुष्पा’ फेम अभिनेत्री रश्मिका मन्दाना बलिउड अभिनेता रणबीर कपूरको मुख्य भूमिका रहने फिल्म ‘एनिमल’मा भित्रिएकी छन् । शनिवार निर्माण टिमले फिल्ममा उनको प्रवेश भएको जानकारी गराएको हो । उनले अप्रिल अन्तिमबाट फिल्मको छायांकन सुरु गर्नेछिन् । ११ अगस्ट २०२३ मा प्रदर्शन हुन लागेको फिल्ममा अभिनेता द्वय अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ ।

‘एनिमल’को घोषणा हुँदा फिल्ममा अभिनेत्री परिणीति चोपडाको अभिनय रहने चर्चा थियो । तर, उनको समय व्यस्तताका कारण निर्माण टिमले रश्मिकालाई अनुबन्ध गरेको हो । एकपछि अर्को सफल साउथ फिल्ममा अभिनय गर्दै आएकी उनको बलिउडमा समेत ठूलो माग छ । अब उनी साउथ र बलिउड फिल्मलाई एकसाथ लैजाने योजनामा रहेको भारतीय मिडियाले बताएका छन् ।

‘एनिमल’को चर्चा यसको निर्देशकका कारणले पनि भइरहेको छ । यो फिल्मलाई ‘अर्जुन रेड्डी र कबीर सिंह’का निर्देशक संदीप वांगाले गर्दैछन् । अहिलेसम्म उनले यी दुई फिल्मको मात्र निर्देशन गरेका छन् । भूषण कुमारको टि-सिरिज, प्रणय रेड्डी वांगाको भद्रकाली पिक्चर्स र मुराद खेतानीको सिने स्टूडियोले निर्माण गर्ने फिल्ममा अनिल र रणवीर पिता-छोराको भूमिकामा देखिनेछन् ।filmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button