खबर

मेचीनगरमा ‘लैङ्गिक समानता सम्बन्धी’ तीन दिवसीय प्रशिक्षण शुरु

मेचीनगर ÷ झापाको मेचीनगरमा आइतबारदेखि दिगो विकास लक्ष्य— ५ ‘लैङ्गिक समानता सम्बन्धी’ तीन दिवसीय प्रशिक्षण शुरु भएको छ । महिला जनचेतना केन्द्र मेचीनगरले स्थानीय होटल कञ्चनमा आयोजना गरेको प्रशिक्षणमा मेचीनगरका १५ वटै वडाका महिला जनप्रतिनिधि र नगरभित्रका किशोरीसहित विभिन्न संघ संस्थाका महिलाहरुको सहभागिता रहेको छ ।

मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेको सो प्रशिक्षणमा महिला अधिकारकर्मी रीता साहले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ । । आइतबार सहजकर्ता साहाले अहिले नेपाली तथा हिन्दी गीत संगीतमा समेत लैङ्गिक हिंसा हुने गरेको भन्दैं यस्ता गीत संगीतमा सरकारले बन्देज गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

घरदेखि राज्य सञ्चालनसम्म पुरुषको वर्चस्व रहेको यो पितृसतात्मक राज्यमा पुरुषलाई अप्पल र सर्वाेपरी ठान्ने र अनि महिलालाई दोस्रो दर्जाका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जोड दिदैं सहककर्ता साहाले यसको परिवर्तनका लागि आफैबाट शुरु गर्ने आवश्यकता भएको बताइन् । । हरेक कुराको परिवर्तन आफू, आफ्नो घर, आफ्नो समाजबाट मात्र सम्भव रहेको उनको तर्क छ ।

यसकारण परिवर्तनको शुरु आफैबाट गर्न पनि प्रशिक्षणमा सहभागीलाई जानकारी गराइन् । लैङ्गिकताका आधारमा हरेक समाजले महिला र पुरुषका लागि गरिने पृथक व्यवहारलाई लैङ्गिक विभेद भन्ने गरिएको भन्दैं उनले हाम्रो समाजमा आमाको गर्भावस्थादेखि बच्चा जन्मिएपछि मृत्यु नहँुदासम्म जीवनमा हरेक तहसम्म लैङ्गिक भेदभाव गर्ने चलन कायम रहेको स्पष्ट बताइन् । एउटै समाजभित्र कुनै लैङ्गिक समुहले अर्काे लैङ्गिक समुहका व्यक्तिहरुलाई नियन्त्रण वा अधिनमा राख्ने कार्य, प्रक्रिया तथ पद्घतिलाई लैङ्गिक अधिनता भन्ने गरिएको उनको भनाई थियो ।

कार्यक्रममा समाजका हरेक व्यक्तिले आफ्नो सामाजिक नियम तथा मुल्य मान्यता अनुसार के कस्तो लैङ्गिक व्यवहार गर्दछन र आफ्ना अभिभावक तथा समाजबाट के कस्ता संस्कार तथा आचारण सिकछन् त्यसैलाई लैङ्गिक सामाजिककिरण भन्ने गरिएको साहाले सहभागीलाई बताइन् । सामाजिक संरचना, मुल्य, मान्यता तथा सामाजिक चलन अनुसार लैङ्गिक सामाजिकीकरणको स्तर पनि फरक फरक हुने उनको भनाई छ । यसै अनुसार नै त्यस समाजमा गरिने लैङ्गिक व्यवहार र आचरण पनि निर्धारण हुन्छ । पितृसत्ता एक अवधारणा वा विचारधारा हुनु, जसमा परिवार, समाज , राज्यलगायत संरचनामापुरुषको सर्वाेच्चता कायम हुने उनको भनाई छ ।

आयोजक संस्थाका अध्यक्ष भुवन सुब्बा खरेलको सभापत्विमा भएको उद्घाटन समारोहमा संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । संस्थाक सीता गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष भूमिका अधिकारीले स्वागत गरकी थिइन् । मंगलबारसम्म चल्ने प्रशिक्षणमा मेचीनगरका १५ वटा वडाबाट एक÷एकजना महिला जनप्रतिनिधि, किशोरी तथा विभिन्न संघ संस्थाका गरी करिव ४० जना सहभागि रहेको संस्थाकी लक्ष्मी खनियाँले जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button