मूल खबर

दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै

काठमाडौं
दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिएको छ । रिक्त कर्मचारीको दरबन्दीमा दुई वर्षअगाडि गाउँपालिका आफैँले लोक सेवामार्फत विज्ञापन गरी भर्ना गरिएका कर्मचारीले विभिन्न समस्या देखाएर पायक पर्ने सुगम स्थानीय तहमा सरुवा भएको गुनासो छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पटकका लागि दोहोरो सहमतिमा अप्ठ्यारो परेका कर्मचारीलाई अन्तरपालिका सरुवा गरिएको जनाएको छ । यो क्रम सधैँ नदोहोरिनेसमेत मन्त्रालयले दाबी गरेको छ । कर्मचारी समायोजनका क्रममा सङ्घमा ४० हजार ७६९, प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा ३१ हजार ४३ जना कर्मचारी समायोजन भएका थिए । गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button