
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीका सचिवालय सदस्य तथा १० नं वडाका इन्चार्ज प्रकाश खड्काले एमाले पार्टी परित्याग गरेको सार्वजनिक गरेकाछन् ।
नेकपा एमाले मेचीनगर कमिटी सचिवालय सदस्यसमेत रहेका खड्काले सामाजिक सन्जालमार्फत स्वतन्त्र बस्ने घोषणा गरेका हुन् । एमाले पार्टी केही व्यक्ति र आसेपासेकाबाट चलेको भन्दै उनले सो पार्टी परित्याग गरेको बताए ।
विगत डेढ दशकदेखि एमालेमा सक्रिय खड्का दुई दिन अघि वडाध्यक्ष उम्मेद्वार छनोटमा परेका थिए । तर, पार्टीको आन्तरिक चुनावलाई लिएर उनले असन्तुष्टि पोखेका छन् ।

माओबादी पार्टीको वैचारिक सिद्धान्त मन परेको भन्दै उनले सो पार्टीमा प्रवेश गर्ने संकेत समेत दिएका छन् ।
खडका एमाले पार्टीले भर्खरै आएका मान्छेलाई संरक्षण गरेको भन्दै रुष्ट देखिएकाछन् । एमाले पार्टी छाडे पनि तत्काल कुनै पार्टीमा नजाने उनले बताएका छन् । विहीबार मात्रै एमालेका मेचीनगर वडा नं १० का उपाध्यक्ष विकाससिंह खड्का काँग्रेसमा प्रवेश गरेका थिए ।



